पुस २५ । काठमाडौ, काठमाडौंको चुच्चेपाटीमा रहेको केएल टावरबाट शुक्रबार हाम फालेर एक युवकले आत्महत्या गरेका छन्।काठमाडौंको गोंगबुमा बस्दै आएका मुस्ताङका ३३ वर्षीय विष्णु शेरचनले केएल टावरको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
टावरबाट हाम फालेका उनलार्इ उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएका उनलार्इ त्यहाँका चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
महानगरीय प्रहरी वृत्त गौशालाले उनी मानसिक रोगी भएको जनाएको छ । उनी गोंगबुबाट हेल्पिङ ह्यान्ड्स अस्पताल चाबलिहमा उपचार गराउन आएका थिए । उनले आत्महत्या गर्नुको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।








