शेष घलेले १ अर्बको परोपकारी कोष स्थापना गर्ने

पुस २५ । काठमाडौं, एन आर एन का अध्यक्ष तथा अष्ट्रेलियाको अर्बपतिको सूचिमा रहनु भएका शेष तथा जमुना घलेले एक अर्ब रुयैंयाँको परोपकारी कोष स्थापनाको स्थापना गर्ने भएका छन् । घलेले बिहीबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी सो कोष स्थापना गर्न लागेको घोषणा गर्नुभएको हो । एमआइटी ग्रुप फाउेण्डेशनमार्फत् कोष सञ्चालन गर्ने घलेले जानकारी दिनुभयो ।

आफ्नो जीवनकालमा समाजबाट प्राप्त गरेको केहि हिस्सा समाजलाई फिर्ता गर्ने अभियानको थालनी गर्न पाउदा आफुलाई शब्दमा व्यक्त गर्नै नसक्ने खुशी लागेको घलेले बताउनुभयो । लम्जुङको दुर्गम गाउँमा जन्मिएर र गाउँमै विद्यालय शिक्षा पूरा गर्नुभएका घले आफ्नै भोगाइबाट प्रेरित भएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न लागेको जानकारी दिनुभयो।
गाउँघरमा रहेका होनाहार युवा शिक्षा र स्रोत साधनको अभावमा विद्यालय शिक्षाबाट बञ्चित नहोउन, बीचमै पढाइ छोडेर कामको खोजीमा विदेशिनु नपरोस् भनेर शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना बनाएको उहाको कथन थियो ।

एनआरएनले नेपालमा खासै लगानी गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला अध्यक्ष घलेले एक अर्ब रुपैंयाको परोपकारी कोष स्थापनाको घोषणा गरेर सबैलाई जवाफ दिनुभएको छ । घले अष्ट्रेलियाका धनीहरुको सूचिमासमेत समावेश हुनुहुन्छ ।

सम्बन्धित शिर्षकहरु