पुस २४ । काठमाडौं,इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहका बीच मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु भएको छ ।
नेपाली झण्डासहित उपस्थित हुनु भएकी श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्राप्त गर्नु भएका हो ।गत कात्तिकमै घोषणा गरिए पनि यही सोमबार मात्रै यो अवार्ड प्रदान गरिएको हो ।अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध २० जनाभित्र छानिनु भएको हो । अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए ।
बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुर्याएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसईएसियाले जनाएको छ ।
“नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन अवार्डले मलाई प्रोत्साहन मिलेको छ, उहाले भन्नु भयो, यसले आगामी दिनमा सिंगापुरबाट अरु नेपालीलाई पनि अवार्ड प्राप्त गर्ने बाटो खुलेको छ ।”
बैंकर श्रेष्ठले यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ पनि जित्नु भएको थियो । अवार्डका लागि नेपालबाट इप्लानेट प्रालिका सन्तोष सापकोटाले मनोनयन गर्नु भएको थियो ।
उहाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नु भएको हो । श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गर्नु भएको थियो ।








