नुवाकोटकी बालिका चोरेर भाग्ने शंकर नेपाली पक्राउ

पुस २२ ।नुवाकोट, नुवाकोटको तुप्चे गाउँकी एक बालिका चोरी गरेर भाग्दै गरेको अवस्थामा रसुवाका शंकर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
तुप्चे गाविस वडा नम्बर ४ चनौटेकी तीन बर्षिया बालिका चोरेर भाग्दै गरेको अवस्थामा स्थानीयबासीले रसुवा ठूलोगाउँका नेपालीलाई गाउँबाट लखेटेका थिए ।
गाउँलेहरुले लखेट्न थालेपछि भागेका नेपालीलाई बेत्रावती प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी अहिले जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा छन् । चोरी भएकीे बालिका घरपरिवारलाई नै बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु