पोखरेल दाजुभाइले १३ दिने मृत्यु संस्कार पाँच दिनमै सक्ने

पुस १९ ।काठमाडौ,परराष्ट्र मन्त्रालयका सहसचिव तारा पोखरेल र उनका दाजु सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले आफ्ना बाबुको काजकिरिया पाँच दिन सम्म मात्र गर्ने निर्णय गरेका छन ।
पोखरेल दाजुभाईले बुधबार साँझ निधन भएका बुबा बज्रमोहनको काजकिरिया पाँच दिनमै सक्ने निधो गरेका हुन् ।
उदयपुर तावाश्रीका बज्रमोहनका दुई छोरीसमेत बुबाको किरिया गर्ने दिन घटाउन सहमत भएको छ । बज्रमोहनका ज्वाइँ सुकदेव न्यौपानेले शुक्रबार भने ‘आज तेस्रो दिन प्रथम षोडसी सकियो । उमध्यम षोडसी खिचेर एघारौं दिनको काम भयो ।’उनले चौथो दिनमा एघारौँ दिनमा गर्ने मध्यम षोडसी र पाँचौ दिनमा बाहौ् दिनमा गर्ने गर्ने शुद्धशान्ति (सपिण्डी श्राद्द) गर्ने जानकारी दिए ।
बज्रमोहनकी आफन्ती इन्दिरा दाहालले पाँच दिनमै काजकिरिया सक्ने बुझेपछि सन्तानले आफ्नो काम पाँच दिनभन्दा बढी गर्नु आवश्यक नभएको बताइन्।उनले सासु सुसराको १३–१३ दिनको कारकिरिया गर्दा कतिपय प्रक्रिया सुधार्नु पर्ने आवश्यक दखेकोले सबै विधिविधान पाँच दिनमै सक्न मिल्ने जानकारी पाएको बताइन ।

सम्बन्धित शिर्षकहरु