पुस १४ । मेघा बैंकका निर्देशक डा. दुमन थापाले बैंकका ग्राहकको रकम दुरुपयोग गरेको भेटिएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पीडित होमनाथ गौतमले पत्रकार सम्मेलन गर्दै मेघा बैंकबाट बैंकका उच्च पदाधिकारी समेत रहेका निर्देशक थापाले ग्राहकको रकम दुरुपयोग गरेको पुष्टि गरेका हुन ।
मेघा बैंकमा रहेको आफ्नो कम्पनीको रकम बैंकका डाईरेक्टर दुमनसिंह थापाले दुरुपयोग गरेको आरोप लगाएका छन । थापा नेकपा एमालेका अर्घाखाँची क्षेत्र नम्बर २ का सभासद समेत हुन् ।
ओम साई कन्सट्रक्सनका सञ्चालक समेत रहेका गौतमले आफूले २०६८ भाद्र १४, १५ र १६ गते १० लाखका दरले रकम जम्मा गरेको जानकारी दिँदै रकम राखेको करिव एक वर्षपछि रकम झिक्न जाँदा डिपोजिट निल रहेको उल्लेख गर्दै भने,‘ २०६८ भाद्र २०, २७ र २९ गते गरी दश\दशलाख रुपैंयाका दरले दुमनसिंह थापाले आफ्नो संस्था हाईल्याण्ड माईनिङ प्रा.लि.को खातामा सारेको मैले थाहा पाएँ ।’ त्यसपछि बैंकको रकम राखेको सिट (ब्यालेन्स सिट) हेर्दा रकम नभएको समेत गौतमले बताए ।
उनका अनुसार बैंकको खातामा पैसा नभएपछि कार्यकारी प्रमुख अनिल शाहसँग कुरा राख्दा उनले आफ्नो कमजोरी स्वीकारेको र डाईरेक्टरसँग कुरा राखेर उक्त जानकारी दिने आश्वासन दिएका थिए । उनले,”धेरै समयसम्म पनि त्यसवारेमा कुनै पहल नभएपछि मैले बाध्य भएर लिखित उजुरी पनिदिएँ ।’
गौतमले लिखित उजुरी दिएको करिव दुई वर्षपछि मात्रै आफ्नो रकम खातामा बैंकले राखिदिएको जानकारी दिए ।
बैंककै उच्च पदस्थ व्यक्तिबाट सेवाग्राही प्रति लापरवाहि भएकोमा आक्रोश पोख्दै आफूको जस्तो दुःख अरु सेवाग्राहीले भोग्नु नपरोस भन्दै सबै नागरिक यस्तो गम्भिर सवालमा सचेत रहुन भनेर बाध्य भएर पत्रकार सम्मेलन गरेको गौतमले स्पष्ट पारे ।








