हलियालाई छिट्टै जग्गा तथा राहत उपलब्ध गराउने भूमिसुधारमन्त्रीको प्रतिबद्धता

पुस  ११ ।Haliyaकाठमाडौं, भूमिसुधारमन्त्री दलबहादुर रानामगरले १ सय ७१ जनालाई जग्गा, १ सय ७१ जनालाई घर निर्माण र १ सय ७१ जना हलियालाई घर मर्मत गर्न रकम छुट्याईएको जानकारी दिएका छन ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘मुक्त हलिया पूर्नस्थापनाका सवालमा मिडिया सम्वाद’ बिषयक गोष्ठी हलियामूक्तिहरुको समस्या समाधानका लागि सरकारले छिट्टै जग्गा तथा राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री रानामगरले रकम अभाव तथा हदबन्दी जग्गाको टुँगो नलागिसकेको कारणले हलियाहरुको समस्या समाधानमा केही ढिलाई भएपनि आगामि तीन वर्षभित्र दिर्घकालिन रुपमा समाधान गरिए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री रानामगरले यसैवर्ष सरकारले पाँच सय १३ जना मुक्त हलियाहरुले सरकारको नीति तथा कार्यक्रम अन्र्तगत राहत दिने घोषणा गरिसकेको बताएका छन् । उनका अनुसार १ सय ७१ जनालाई जग्गा, १ सय ७१ जनालाई घर निर्माण र १ सय ७१ जनालाई घर मर्मत गर्न रकम छुट्याईएको छ ।

मुक्त हलियाहरको तत्काल पूनः परिचयपत्र वितरण अर्थात परिचयपत्र वितरण सच्याउन असम्भव भएको भन्दै त्यसको समाधान शान्ति तथा पूनःनिर्माण मन्त्रालयसँग मिलेर हल गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सबै नागरिक समान भएकाले श्रमिकहरुले आत्मगौरव गर्ने खालको अधिकार सुनिश्चित् हुनुपर्ने बताए ।
बडुले समय र बजार अनुकुल श्रमिकहरुको व्यवस्थापन हुुनुपर्ने अडान दोहोर्याउँदै मुक्त भएका हलियाहरुलाई सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने समेत स्पष्ट पारे । उनले आफ्नो पार्टी मुक्त हलियाहरुको समस्या समाधान गर्न पूर्ण प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

नेकपा एमालेका सभासद गौरी ओलीले कानुनी रुपमा हलियाहरुलाई मुक्त गरिएपनि व्यवहारमा कुनै किसिमको राहत दिने नसकेकोले हलियाहरुको समस्या समाधान गर्न छुट्टै ठोस ऐन बनाउनुपर्ने धारणा राखिन ।

त्यस्तै नेपाल सरकारका अर्थ मन्त्रालयका सह–सचिव कृष्णचन्द्र देबकोटाले हलियाको लागि भूमिसुधार मन्त्रालयबाट ठोस पहल भएर प्रस्ताव आए अर्थ मन्त्रालय रकम व्यवस्थापन गर्न तयार रहेको स्पष्ट पारे ।

उनले राजनीतिक दलहरु पूर्ण प्रतिबद्ध भएर लाग्ने हो भने सबै मुक्त कमैया र हलियाहरुको समस्या समाधान गर्न समय नलाग्ने पनि जानकारी दिए ।
सचिव देवकोटाले एक ठाउँमा बस्ने हलियाले अर्को ठाउँमा जग्गा लिने गर्दा समस्या उत्पन्न भएको समेत गुनासो गरे ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका आन्दोलन परिचालन समितिका संयोजक एवम सदस्य डम्बर बि.क.ले सरकारले वर्गिकरण गरेको मुक्त हलियाहरुलाई वितरण गरेको परिचयपत्रमा नै त्रुटि भएको उल्लेख गर्दै पूनः वितरण गरिनुपर्ने माग गरे ।

सम्बन्धित शिर्षकहरु