अधिकारी हत्या प्रकरणका आरोपी रामप्रसाद अधिकारी पक्राउ

पुस ६ ।चितवन,फुजेल-७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपी रामप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामो समय फरार गोरखा फुजेल-७ का अधिकारीलाई शनिबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कुँबर नेतृत्वको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि केही आरोपितलाई पक्रे पनि प्रमाण नपुगेको भन्दै अदालतबाट छुटाउने गरिएको थियो ।

प्रहरीले किटानी जाहेरीमध्येका फुजेल ७ कै अर्का अभियुक्त रामप्रसाद अधिकारी र पर्शुराम अधिकारीलाई २५ दिन हिरासतमा राखेर हत्यामा संलग्न प्रमाण नदेखिएको भन्दै जमानतमा रिहा गरेको थियो ।

यस्तै अधिकारी हत्याको आरोपमा पक्राउ परेका ७२ वर्षिय छविलाल पौडेल र भीमसेन पौडेललाई पनि चितवन जिल्ला अदालतले धरौटीमा छोडेको थियो ।कृष्णका दाजु नुरप्रसादले ११ जनाविरुद्व किटानी जाहेरी दिएका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीले करिव तीन महिनाअघि ज्यान गुमाइसकेका छन् भने उनकी श्रीमती गंगामाया अधिकारीको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित शिर्षकहरु