पुस ४ । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजायको फैसला सुनाइएको छ । आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा झापा,गौरादह घर भएका पोखरेललाई जिल्ला अदालत झापाले यस्तो सजाय सुनाएको हो ।
अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मङ्सिर २८ गते पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त सजाय सुनाउँदै रु चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको हो ।
विसं २०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गरेका थिए ।
पोखरेललाई प्रहरीले २०७० साल ६ गते काठमाडौंको बागबजारस्थित चौतारीको कार्यालयबाट नियन्त्रणमा लिएको थियो । पोखरेलकी पत्नीको उजुरीका आधारमा उनलाई झापा प्रहरीले पक्राउ गरेको थियो ।
छोरी बलात्कार पछि केन्द्रीय सदस्य पोखरेल भागेर काठमाडौं आएका थिए








