अब दैनिक १० घन्टा लोडसेडिङ हुने

पुस २ । काठमाडौं, नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ गराएको छ ।
खोला नाला सुक्दै गएको, प्राधिकरणमा लोड अत्याधिक बढेको, पहिरोबाट क्षति भएका विद्युत गृहहरु अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेकोले जस्ता कारणहरु देखाउदै प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

यसअघि दैनिक अाठ घण्टामात्र लोडसेडिङ हुँदै अाएको थियो ।

मंगलबारसम्म सातामा ५७ घन्टासम्म लोडसेडिङ हुँदै अाएकोमा अब ७० घन्टा पुगेको छ । सुख्खा यामका कारण लाेडसेडिङ अझै बढ्दै जाने प्राधिकरणले जनाएको छ । यो वर्ष दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने प्राधिकरणको योजना छ ।

नयाँ तालिका अनुसार उपत्यका भित्र तोकिएका समयमा र उपत्यका बाहिर तोकिएको समयभन्दा पाँच मिनेट पछि लोडसेडिङ हुनेछ ।

सम्बन्धित शिर्षकहरु