-
रमेश अधिकारी, अस्नेपाल न्युज/
मङ्सिर २९, सिड्नी-अस्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले सिड्नी घटनाको बिषयमा आफ्नो दोस्रो बक्तब्य जारि गर्नुभएको छ । बक्तव्यमा प्रधानमन्त्री अबोटले यो अत्यन्तै दुखद घटना भएको भन्दै यसले आफुलाई बेचैन बनाएको बताउनुभएको छ । परिस्थिलाई सामान्य बनाउन साउथ वह्वेल्स प्रहरी र अन्य निकायले अत्यन्त ब्यबसायिक र संयम ढंगले काम गर्नेमा अबोटले विश्वास व्यक्त गर्नुभएको छ । साथै बक्तव्यमा एबोटले सिड्नी बासीलाई शान्त रहन र यो अबस्थालाई सामना गर्न आग्रह गर्नुभएको छ I TEN News Sydney ले क्याफे भित्र बन्धक बनाइएका एक व्यक्तिसंग आफ्नो सम्पर्क स्थापित भएको बताएको छ । उक्त समाचार संस्थाले जानकारी गराए अनुशार हतियार धारी व्यक्तिले क्याफे भित्र बसेर आफ्ना माग राखेको छ । ति मागहरु के हुन् भन्ने बिषयमा भने टेन न्युजले नखुलाएको बिबिसी अनलाइनले जनाएको छ ।यसै क्रममा साउथ ह्वेल्स प्रहरीले ट्वीट गर्दै हालसम्म बन्धक मध्ये कोहि पनि घाइते नभएको जानकारी दिदै घटनास्थल मार्टिन प्लेसभन्दा टाढा रहन सबैलाई आग्रह गरेको छ ।यसैबीच घटना संग सम्बन्धित अनेक तस्बिरहरु अन्तरास्ट्रिय संचार माध्यमहरुले प्रशारण/ प्रकाशन गरिरहेका छन् । बिबिसी र एबिसी अनलाइनले आफ्नो पेजमा अपलोड गरेका केहि तस्बिरहरु:










