एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/
मङ्सिर २८, सिड्नी- बिभिन्न क्षेत्रमा काम गर्ने १७५ भन्दा बढी सरकारी निकाय वा एजेन्सीहरु बन्द गर्न लागिएको भन्दै अस्ट्रेलियाली सरकारले ठुलो मात्रामा रोजगारी खोसिन सक्ने चेतावनी जारी गरेको छ ।
सरकारी खर्च बढी भएको र त्यसमा व्यापक कटौती गर्नुपर्ने धारणा राख्दै आएको कन्जरभेटिभ पार्टीका टोनी अबोट सरकारले बिगतको लेबर पार्टीले थोपरेको सरकारमाथिको भार कम गर्न यस्तो निर्णय लिनुपरेको बताएको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सरकारले मे महिनामा ल्याएको बजेटमा ७६ एजेन्सी बन्द गर्दै देशकै सबैभन्दा ठुलो स्वास्थ्य बिमा कम्पनि “मेडीब्यांक” लाइ निजीकरण गरेको थियो ।
अबोट सरकारका अर्थमन्त्री मथियास कार्मनले अर्धबार्षिक आर्थिक समिक्षाका आधारमा यस्तो निर्णय लिएको र यसले ठुलो मात्रामा सार्वजनिक सेवामा काम गर्ने कर्मचारीको नोकरी समाप्त हुने बताउनु भयो ।
यसरी बन्द गर्न लगिएका एजेन्सीहरुमा Vietnam Veterans Family Study Consultative Forum, the Antarctic Science Advisory Committee र High-Level Group on Drought लगायतका छन् ।






