मंसिर २३ । रौतहट, मकवानपुरको वासामाडीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं जाँदै गरेको ना५ख ११०० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना१क ३७४९ नम्बरको ट्रक पूर्व-पश्चिम राजमार्गको वासामाडी-२, मा गएराति दुर्घटना भएको हो ।
मृतक दुवैको सनाखत भएको छैन।
घाइते ११ जना मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जनकपुर-२, का २२ वर्षीय दीपेन्द्र सिन्हा, ४१ वर्षीय प्रमोदकुमार श्रेष्ठ, धनुषा बरमझिया-८, बस्ने ३५ वर्षीय कपिल महासेठ, सिरहाका ४० वर्षीय रामकुमार यादव, महोतरी बथनाहा-६, का ३१ वर्षीय स्वर्णकुमार झा र सिरहा वस्तीपुर-१, का ४० वर्षीया रुपा देवि झा र एउटा नाम थर खुलन नसकेको पुरुष छन्।
घाइतेहरुको हेटौंडा अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।








