गायक नारायणगोपालको स्मृति दिवस मनाइँदै

मंसिर १९ ।काठमाडौ,स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

संगित सम्बन्धी विभिन्न संघ सस्थाले बिभिन्न कार्यक्रम गरेर उहाँको सम्झना गरिरहेका छन ।

उहाँका एउटा मान्छेको मायाले कति ‘मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिएँ कसैले टिपेछ, पर्खी बसेँ आउला भनीलगायतका थुप्रै लोकप्रिय नेपाली मिडियामा अझै पनि बजिरहेका छन ।

विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

१ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा सफल आधुनिक गायक हुनुहुन्छ ।

सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपाललाई सम्मान गरिएको छ ।

घरमा सांगीतिक वातावरणमा हुर्केका नारायणगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएको थियो ।

सम्बन्धित शिर्षकहरु