माल्दिभ्‍स र भुटानका विदेशमन्त्री नेपाल आइपुगे

मंसिर ८ ।काठमाडौ, १८ औं सार्क शिखर सम्मेलनमा भाग लिनको लागि माल्दिभ्‍स र भुटानका विदेशीमन्त्री आज काठमाडौं आइपुगेका छन् ।

भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी र माल्दिप्सकी विदेशमन्त्री दुन्या मौमुन अपरान्हतिर काठमाडौं आइपुग्नु भएको हो ।

दुबैजना त्रिभवुन विमानस्थलमा ओर्लेपछि सार्कका पाहुनलाई राखिने होटल सोल्टीमा पुग्नु भएको छ ।

अठारौं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औं बैकमा सहभागी हुन दुबै देशका विदेशमन्त्रीहरु काठमाडौं
आइपुगेका छन् ।
अन्य ६ वटा देशका विदेशमन्त्रीहरु नि सोमबार अपरान्ह सम्म काठमाडौं आइसक्ने कार्यक्रम छ ।

सम्बन्धित शिर्षकहरु