बजेट कटौतीको बिरोधमा अस्ट्रेलियाभर प्रदर्शन

ralley in ausमङ्सिर ७, मेलबर्न – सरकारले गरेको एबिसी (अस्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेशन) को ठुलो परिमाणको बजेट कटौतीको बिरोधमा मेलबर्नको फेडेरेशन स्क्वायरमा हजारौले बिरोध प्रदर्शन गरेका छन् ।

संचार माध्यम तथा प्रशारण संस्थालाई सरकारले दिदै आएको बजेटमा  अप्रत्याशित रुपमा व्यापक कटौती गरेपछि अस्ट्रेलियाभरि त्यसको बिरोधमा ठुला ठुला बिरोध प्रदर्शन हुने क्रममा आज मेलबर्नमा यो प्रदर्शन भएको हो । यस्तै प्रदर्शन सिड्नीमा पनि आयोजना गरिएको थियो ।

सरकारले आगामी पाँच बर्षमा प्रशारण सम्बन्धि बजेटमा २ अर्ब ५४ करोड अस्ट्रेलियन डलर भन्दा बढी बजेट कटौतीको घोषणा गरेको छ ।

अप्रत्याशित रुपमा गरिएको यो बजेट कटौतीले हजारौको रोजगारी गुम्ने भएकोले आफुहरु प्रदर्शनमा उत्रिनु परेको एबिसी का प्रबन्ध निर्देशकले अन्तरास्ट्रिय संचार माध्यमलाइ जानकारी दिनुभएको अलजजजिरा अनलाइनले बताएको छ ।

यता अस्ट्रेलियन सरकारले भने एबिसीले अब आत्मनिर्भर हुनु पर्ने र बचततर्फ लाग्न पर्ने बताएको छ ।

सम्बन्धित शिर्षकहरु