प्रेम गर्दा रुखमा बाँधेर किला ठोकी आँखामा सिरिन्ज रोपियो

कत्तिक ३, सप्तरी- हामीले सिनेमामा हेर्ने गरेका छौ यदि आफ्नी छोरीले प्रेम गरेको केटा वा केटाको परिवार मन नपरे केटीका परिवारले गुण्डा लगाएर पिट्ने धम्क्याउने वा उसलाई जसरि पनि केटि बाट टाढा बनाउने गर्छन । फिल्मी कथा भन्दा पनि अझै क्रुर बन्दै सप्तरीको देउरीभरुवा गाविसका वीरेन्द्र यादव र परिवारका सदस्यहरूले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन्।

आफ्नी छोरीसँग प्रेम गरेको रिसमा उनीहरुले फर्सेठ गाविस ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल चारपाटे मुड्नुका साथै डोरीले रूखमा बाँधी खुट्टामा किला ठोकेका हुन् । उनीहरुले किला मात्र ठोकेनन यादबको आँखामा सिरिञ्जले रोपी थप यातना समेत दिएको पीडितका बुबा छोटेलाल यादवले बताउनुभएको छ ।

बेहोस अवस्थामा राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना भएका पीडितको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर लगिएको सप्तरी प्रहरीले जनाएको छ। घटना सम्झनेबित्तिकै घाइते एकोहोरो हुने र बेहोस हुने गरेको पीडित परिवारका सदस्यले बताएका छन्।

पीडितका आमा फुदीदेवीका अनुसार आरोपितहरूले फोन गरी घरमा बोलाएर सुपारीको रूखमा बाँधेर निर्ममतापूर्वक कुटपिट गर्दै दायाँ खुट्टामा किला ठोक्नुका साथै टाउको र शरीरका अन्य भागमा लाठीले कुटपिट गरेका थिए। उनको देब्रे आँखामा सिरिञ्जले समेत रोपेको उनले बताइन्।

सम्बन्धित शिर्षकहरु