३ सय ५७ दिनपछि गंगमयाको अनसन तोडियो: अनसन तोडिएको हैन स्थगन मात्र- मानवअधिकारकर्मी

कत्तिक २, काठमाडौं : द्वन्दकालमा तत्कालिन माओबादीद्वारा मारिएका आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै ३५७ दिनदेखि अनशनरत गंगामाया अधिकारीले शनिबार अनशन तोड्नुभएको छ। कानुनमन्त्री नरहरि आचार्यले शनिबार साँझ वीर अस्पतालमा गइ जिबनजल र हर्लिक्स खुवाएर गंगामायाको अनशन तोडाउनु भएको हो। गंगमयाका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा गत असोज ६ गते निधन भएको थियो।

शनिबार साँझ हर्लिक्स खुवाएर अनसन तोडाउदै मन्त्रि आचार्य(तस्बिर: अन्नपूर्ण पोस्ट )
शनिबार साँझ हर्लिक्स खुवाएर अनसन तोडाउदै मन्त्रि आचार्य(तस्बिर: अन्नपूर्ण पोस्ट )

चिकित्सकहरूका अनुसार पछिल्लो एक सातादेखि गंगामायाको अवस्था गम्भीर बन्दै गैरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि केही दिनयता गंगामायालाई दुई पाउन्ड रगत दिइएको थियो। टीपीएन (पोषणयुक्त औषधि) सँगै उनलाई दिन थालिएको ग्लुकोजपानीले काम नगरेपछि अवस्था गम्भीर बनेको हो। नन्दप्रसादको निधनपछि एक्लिएकी गंगामाया मानसिक रूपमा अत्यन्तै कमजोर हुनुभएको बताइएको छ । सरकारले प्रस्ताव गरेको पाँचबुँदे सम्झौतामा सहमति जनाए पछी गंगामायालाई कानुनमन्त्री आचार्यले सञ्चारकर्मी, मानवअधिकारकर्मी, चिकित्सक र केही सरकारी कर्मचारीको उपस्थितिमा चम्चाले हर्लिक्स खुवाउनु भएको हो ।

यता मानवअधिकारकर्मीहरुले भने गंगामायाले अनशन तोडेको नभई जीवनरक्षाका लागि मात्र हर्लिक्स, पानी र जीवनजल खाएको प्रतिक्रिया दिएका छन्।

न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसादले जीवन गुमाएपछि सरकारको व्यापक आलोचना भएको थियो।

 

सम्बन्धित शिर्षकहरु