माडी खोलाले बगाएर एकको मृत्‍यु

असोज २९ ।चितवन,दुइ दिन अघिदेखिको बर्षाले चितवनको माडी खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बघौडा-८ को रतौली खोलाले बगाउँदा बघौडा–८ ब्रहम्पुरीका अन्दाजी ४० र ४५ वर्षिय मनबहादुर बराइलीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाले बताउनुभयो ।

अन्य दुईजनासँगै साँझ खोला तर्ने क्रममा मनबहादुरलाई खोलाले बगाएको हो । यसैबीच सोमबारदेखि परेको लगतारको वर्षाले माडीका केही गाउँ डुबानमा परेका छन् ।

सम्बन्धित शिर्षकहरु