असोज २१ । लमजुङ, गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले लमजुङ घनपोखरा-१ नायू गाउँमा रहेको ग्रामकल्याण निम्न माध्यमिक बिद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमायाको स्मृतिमा बनाउन लागिएकोभवनको सोमबार घलेले शिलन्यास गर्नु भयो ।
घलेले ५० बर्ष अघि यसै बिद्यालयबाट प्राथमिक शिक्षा लिनु भएको थियो ।
“मैले यही बिद्यालयमा अक्षर चिनेको हुँ’शिलन्यास कार्यक्रममा करिव ५० बर्ष पुरानो दिनसम्झिदै भने,’आज म जहाँ छु त्यसमा सवैभन्दा ठूलो हात यही बिद्यालयको छ ।’उहाले भन्नु भयो, ‘भोलीयही बिद्यालयबाट नयाँ शेष घलेहरु जन्मिउन भन्ने चाहन्छु’ उनले भने ।
उहाले आफ्नो सफलताको सबैभन्दा ठूलो आधार यही बिद्यालय भएकाले भौतिक पूर्वाधारबिहीनअबस्थामा रहेको बिद्यालयलाई सहयोग गर्न आफु अग्रसर रहेको बताउनु भयो ।
घलेले भवन निर्माणपछि बिद्यालयमा इलाइब्रेरी स्थापना गर्न र शिक्षकलाई तालिम दिन पनि आफुले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै यो मोडल सफल भयो भने नेपालका अन्य बिद्यालयमापनि विस्तार गर्ने बताउनु भयो ।
बिद्यालय शिक्षा लिने उमेरका किशोरहरु हातमा पासपोर्ट बोकेर रोजगारीका खोजीमा खाडीमुलुकतिर लागेको देख्दा आफु सवैभन्दा बढी दुःखी बनेको भन्दै उहाँले अभिभावकहरुलाई शिक्षामा लगानी गर्न आग्रह गर्नु भयो ।
यसैगरि अध्यक्ष घलेले आफ्नो गाउँमा रहेको आमा समूहको भवन बनाउन ३ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
आफ्नै गाउँमा बसेर संस्कृति र परम्परा जोगाउन लागिपरेका गाउँलेहरुको प्रसंसा गर्दै घलेले आधुनिक सुबिधाहरु गाउँसम्म आइपुगेकाले अब शहरतिर बसाई सर्नुपर्ने आबश्यकता नरहेको बताउनु भयो ।








