असोज १३ ।रामेछाप,एमाओवादी रामेछापका नेता शुभराज सुनुवारको भिरबाट लडेर ज्यान गएको छ ।
सोलुको रावादोलु गाविसमा लाग्ने साप्ताहिक हाट पुगेर कुभुकास्थली-८ मा रहेको घर फर्कदै गर्दा सुनुवार भिरबाट गएराति लड्नु भएको हो ।
एमाओवादी राज्य समिति सदस्य सुनुवारको झण्डै २ सय ५० मिटर तल खसेर घटनास्थलमानै ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रमेशकुमार वस्नेतका अनुसार कुभुकास्थली ६ को सेलेलेझाजको भिरबाट उहा लड्नु भएको हो ।
प्रहरीले उहाको शव पोष्टमार्टमका लागि दोलखाको जिरी तर्फ
लगिएको बताएको छ ।
तत्कालिन जनयुद्ध ताका २०५८ सालमा माओवादीका पूर्णकालिन सदस्य वनेका सुनुवार रामेछापका अगुवा नेता हुनुहुन्थ्यो ।
उहाकी श्रीमति उदयपुरबाट संविधानसभा २०६४ मा निर्वाचित हुनु भएको थियो ।








