सुनकोसी पीडितलाई अष्ट्रेलियावासी नेपालीको सहयोग

असोज ९, काठमाडौँ- माङखा जुरे पहिरो र सुनकोशी पिडितहरुको पुस्थापना तथा राहातको लागि अस्ट्रेलियाको नेपाली समुदायको पुरानो नेपाली संस्था नेप्लीज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडिएफ)का तर्फबाट पाँचलाख सहयोग प्रदान गरिएको छ।संस्थाका महासचिब डा.ज्ञानेन्द्र  रेग्मीका अनुसार  एनएडिएफले जम्मागरेको सो रकम एक  कार्यक्रमका बीच उपप्रधानमन्त्री तथा संघिय मामिला स्थानिय विकासमन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गरियो।सहयोग

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेप्लिज अस्ट्रेलियन डेमोक्रयाटिक फोरमको तर्फबाट संस्थाका सल्लाहकार नारायण प्रसाद काफ्लेले सो रकमको चेक सिंहमार्फत जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली  र सहसंयोजक स्थानिय विकास अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गर्नुभयो।

समारोहमा मन्त्री सिंहले सुनकोसी पीडितका लागि राहत पुनःस्थापना एव क्षति पुगेको पूर्वाधारको पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिता दिएर काम गरेको बताउनुभयो । उहाँले विपत्तिमा परेकाहरुको सहयोगका लागि अष्टेलियामा बसोबास गरिरहेका नेप्लिज डेमोक्रयाटिक फोरममा आबद्धसम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्तगर्नुभयो। रकम हस्तान्तरण कार्यक्रममा एनएडिएफका अध्यक्ष बालचन्द्र भट्टराई तथा महासचिब डा. ज्ञानेन्द्र रेग्मीले पठाउनुभएको संदेश संस्थाका सल्लाहकार काफ्लेले पढेर सुनाउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका युवानेता तथा नेपाल पत्रकार महासंघका पुर्वसभापति तारानाथ दाहालले यस वर्षको वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोमा पुगेको र पीडितहरुका राहतका लागि जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ता परिचालनबाट अधिकतम सहयोग र परिचालन गरिएको बताउनुभयो।उहाँले पीडितहरको पुर्नःवासकालागि ठोस कार्यक्रम शीघ्रलागू गर्न र नजिकिँदै गरेको चारबाड मनाउन पीडितलाई विशेष सहयोग प्रदान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो।

प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ शव फेला नपरेको एव म्प्डित १२४० घर मध्ये लाई क्षतिको आधारमा  क ख ग र घ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जानकारी दिनुभयो।

सम्बन्धित शिर्षकहरु