एमाले नेतृ साहना प्रधानको निधन,अन्तिम श्रद्धाञ्जली दिइदै

असोज ७ । काठमाडौं, एमाले नेतृ साहना प्रधानको बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको गएराति निधन भएको छ ।

प्रधानको गएराति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन आज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिएको छ । भने आजै पशुपति आर्यघाटमा शवयात्रासहित दाहसंस्कार गरिनेछ ।

विगत तीन वर्षदेखि नसाको समस्याबाट पीडित भएकी प्रधान लामो समयदेखि बोल्न सक्नु भएको थिएन । यस्तै अवस्थामा गत जेठ २३ गते उनलाई मतिष्कघात भएको थियो ।

मतिष्कघातपछि प्रधानको बयोधा अस्पतालमा उपचार भइरहेको थियो । प्रधानको १८ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो।

८७ वर्षकी प्रधानको पाँच दिनएता स्वास्थ्य अवस्था गम्भीर भएको र सघन उपचार कक्षमा इन्कुभेटरमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

कम्युनिस्ट राजनीतिमा छ दसकदेखि निरन्तर सक्रिय प्रधान २०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्।

०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्। त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा प्रधान उपप्रधान तथा परराष्ट्रमन्त्री हुनु भएको थियो ।
प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी हुन्।

प्रधानका छोरा उमेश र छोरी उषा छन् ।

सम्बन्धित शिर्षकहरु