राजमार्गको वरिपरी दिशा पिशाब गर्नेमाथि कारवाही हुने

असोज ६, काठमाडौँ – तपाईं हामी मध्ये सायद धेरैले राजमार्गमा यात्रा गर्दा भोग्ने एउटा साझा समस्या हो दिशा पिशाब कहाँ गर्ने? हामी मानव बस्ति भन्दा थोरै पर आफ्नो सवारी रोक्छौ र आफु हल्का हुन्छौ । तर अब ख्याल गरौ यसरि खुल्ला ठाउँमा दिशापिशाब गरे स्थानीय प्रशासनले कारवाही गर्ने भएको छ ।

बारा जिल्लाका राजमार्गका वरपर सवारी साधन रोकेर खुल्ला दिशापिसाब गर्नेमाथि अब कारवाही गरिने भएको छ । जिल्ला सुरक्षा समितिको निर्णय पछि जिल्ला प्रशासनले आइतवार सार्वजनिक सूचना प्रकासित गरी बाटोमा दिशा बस्ने जो कसैमाथि कारबाही गरिने चेतावनी दिएको हो ।

‘दशैंमा घरआँगन र शरीर सफासुग्घर राखे झैं सडकसमेत उस्तै राख्ने अभियान अन्तर्गत बाटोमा दिशा नगर्न गराउन अपिल गर्दछौं, अभियान विपरित सडकमा ‘पाइखाना’ गरेको पाइएमा सार्वजनिक मुद्दासहित व्यक्तिको तस्बीर सार्वजनिक गर्छौ,’ जिल्ला प्रशासनबाट जारी चेतावनी पत्रमा उल्लेख गरिएको छ । यो कारबाही असोज ८ देखि लागु गरिने प्रमुख जिल्ला अधिकारी प्रर्शुराम अर्यालले जानकारी दिनुभयो ।

सूचनालाई अबज्ञा गर्नेमाथि सख्त कारवाही गरिने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु