बर्दियामा नेपालकै सबैभन्दा लामो पुल सञ्चालनमा

भदौ २७, काठमाडौ- बर्दियाको कोठियाघाटमा नेपालकै सबैभन्दा लामो पुलको  निर्माणकार्य सम्पन्न  भएको छ।  कर्णाली नदीको भंगालो गेरुवा नदीमाथि निर्माण भएको १ हजार १५ मिटर लामो पुल शुक्रबारबाट संचालनमा आएको हो।

 निर्धारित समयभन्दा एक वर्ष अगावै  संचालनमा आएको उक्त पुलको निर्माणकार्य चार वर्ष अगाडि सुरु गरिएको  थियो ।उक्त पुल निर्माण बाट कर्णाली पारि रहेको राजापुर नगरपालिका तथा अन्य चार वटा गाविसका  वासिन्दा हरु लाइ प्रत्यक्ष लाभ मिल्नेछ ।पुल निर्माणमा करिब एक अर्ब रुपैयाँ लागत लागेको  छ ।

सम्बन्धित शिर्षकहरु