नयाँ दिल्लीमा नेपाली किशोरी सामुहिक बलात्कारको सिकार

भदौ १०, नयाँदिल्‍ली:भारतको नयाँ दिल्ली महिलाहरुको लागि सुरक्षित छैन भन्ने कुरा बेला बेला त्यहाँ हुने सामुहिक बलात्कारका घटनाले पुष्टि गर्दै आएको छ । पछिल्लो सामुहिक बलात्कारको सिकार हाम्रै नेपाली चेली बनेकी छिन। काठमाडौं घर भएकी १९ वर्षीया नेपाली किशोरीलाई ६ जनाको समूहले बलात्‍कार गरेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

Rape-Sketch

नेपाली युवतीलाई भारतको दिल्लीस्थित मेहरौली होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरका थिए।भारतीय समाचार संस्था जी न्‍युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्‍तरवार्ताका लागि बोलाइएको थियो। होटेलमा अन्‍तर्वार्ताका लागि पुगेकी नेपाली युवतीलाई ६ जनाको समूहले बलात्कार गरेको थियो।

होटेलमा पुग्‍दा अन्‍तरवार्तामा बोलाएकाहरु मदिरा पिइरहेको र आफूलाई समेत जबरजस्ती पिउन लगाएर यौन दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छन्। उनले ग्याङ रेप गर्ने ६ जनाको समूह विरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दर्ता गरेकी छन्।

मेडिकल परीक्षणमा युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ।जिन्‍युजका अनुसार सन २०१३मा दिल्‍लीमा करीब १६ सय बलात्कारका घटना घटिसकेको रिपोर्टमा उल्‍लेख गरिएको छ। –एजेन्‍सी

सम्बन्धित शिर्षकहरु