बाढी पहिरो पीडितलाई सरकारले सक्दो सहयोग गरेको छ : मन्त्री पण्डित

साउन ३१ ।काठमाडौ,सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बाढी पहिरो पीडितलाई सरकारले सक्दो राज्यको ढुकुटीको क्षमता अनुसार सहयोग पुर्याईरहेको दावी गर्नु भएको छ ।

उहाले देशको विभिन्न भागमा गरेर ठूलो क्षती भएकोले हात्तिको मुखमा जिरा जस्तो देखिएको बताउनु भयो ।

रिपोटर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले बाढी पीडितको राहतको लागि सभासदहरुले एक दिन र मन्त्रीहरुले १५ दिनको तलब भत्ता उपलब्ध गराएको भन्दै सरकारले प्रतिपरिवार ४० हजारको दरले राहत उपलब्ध गराईरहेको जानकारी पनि दिनु भयो ।
मन्त्री पण्डितले विभिन्न सामाजिक संस्थाहरुसंग समन्वय गरेर भएपनि सरकार उद्धार कार्यमा सक्रिय भैरहेको जानकारी पनि दिनु भयो ।
एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले मुलुकमा सरकार नै नभए जस्तो अवस्था भएको भन्दै सरकार अरु नै कुनै धन्दामा लागेको हो कि भन्ने आशंका ब्यक्त गर्नु भयो ।

 

सम्बन्धित शिर्षकहरु