जातिय बिभेद विरुद्ध विश्व मन्चको परामर्शीय कार्यक्रम वासिंगटनमा सम्पन्न

असनेपाल न्युज सम्बाददाता/

साउन २६, काठमाडौँ- जातिय बिभेद विरुद्ध विश्व मञ्चको प्रथम परामर्शीय कार्यक्रम अमेरिकाको वासिंगटन डीसीमा यही अगष्ट १०, २०१४ मा सम्पन्न भयो ।

परामर्शिय कार्यक्रममा सहभागीहरु
परामर्शिय कार्यक्रममा सहभागीहरु

विभिन्न देशहरुमा विभिन्न कारणले छरिएररहेका नेपालीहरुलाई नेपाल लगायत अन्य देशहरुमा हुने गरेको जातीय विभेदको विरुद्धमा संगठित गरी संयुक्त आवाज उठान गर्नको लागि गठित विश्व मञ्चको उक्त परामर्शीय कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विश्व मञ्चको औचित्य र नीति कार्यक्रमका बारेमा दीपकजंग विश्वकर्मा, नेपालको दलित समुदायको अवस्थाबारे डा. गोपी उपे्रती, जातिय विभेद उन्मुलन गर्नको लागि प्रवासी नेपालीहरुको भूमिका बारे तिर्थ  बर्मा र नयाँ बन्ने संविधानमा दलित समुदायका सबाल बारे मोम विश्वकर्माले कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

उक्त परामर्शीय कार्यक्रमको अन्यमा माजातिय बिभेद विरुद्ध विश्व मञ्चको निम्नानुसार राष्ट्रहरुको प्रतिनिधित्व हुने गरी तल उल्लेखित कार्यसमिति समेत गठन गरिएको  जारि बिज्ञप्तिमा जनाइएको छ।

१) धर्म विश्वकर्मा, म्यारील्याण्ड, अमेरिका           -संयोजक
२) तीर्थराम बर्मा, कोलोराडो, अमेरिका                 – सहसंयोजक
३) डा. विष्णुमाया परियार, बोष्टन, अमेरिका         – सदस्य
४) दीपकजंग विश्वकर्मा, भर्जिनिया, अमेरिका        -सदस्य
५) पदम विश्वकर्मा, कोलोराडो, अमेरिका              -सदस्य
६) मोम विश्वकर्मा, अष्ट्रेलिया                            -सदस्य
७) रिच बराइली,  दक्षिण अमेरिका                      – सदस्य
८) गणेश परियार, कतार                                  -सदस्य
९)  नरेन्द्र दयाल, दुबई                                    – सदस्य
१०) घनश्याम विश्वकर्मा, फिनल्याण्ड                  -सदस्य
११) शेरबहादुर सुनार, युके                                -सदस्य
१२) अमर हजारा पासवान, सिकागो, अमेरिका       – सदस्य
१३) पूर्ण बराइली, मेरिल्याण्ड, अमेरिका           – सदस्य
१४) दिलिप नेपाली, वासिंगटन डीसी, अमेरिका      – सदस्य
१५) मोतिलाल नेपाली, नेपाल                       – सदस्य
१६) शुशिल वि के    नेपाल                     – सदस्य

सम्बन्धित शिर्षकहरु