चरीको “इन्काउन्टर”लाई राजनीतिकरण गर्दै एमाले: गैर न्यायिक हत्या भएको भन्दै छानबिनको माग

असनेपाल न्युज सम्बाददाता/

साउन २३, काठमाडौं- बुधबार प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी “चरी” को मृत्युले राजनीतिक मोड लिएको छ । उनकै इन्काउन्टरको बिषयलाई लिएर बिहिबार संसदमा हंगामा मात्र भएन, एमालेको उच्च नेतृत्व समेत यो बिषयलाई राजनीतिकरण गर्न लागिपरेका छन् ।

चरीको इन्काउन्टर भएको भनिएको ठाउको दृश्य
चरीको इन्काउन्टर भएको भनिएको ठाउको दृश्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ ।  उहाले चरीलाई अन्यत्रै मारी भिमढुंगामा प्रदर्शन गरिएको पनि आरोप लागाउनु भयो । चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानविनका लागि पार्टीले पहल गर्ने आश्वासन दिनुभएको थियो ।

 चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए । सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, धनवहादुर घले, जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु केन्द्रीय कार्यालयभित्र प्रवेश गरेपनि अरुलाई मुख्यद्धारमै रोकिएको थियो ।  ओलीले कार्यकर्ताको कुरा सुनेपछि चरीको सुनियोजित हत्या भएकाले छानविन समिति गठन हुनुपर्ने बताउनुभयो । ‘यो सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ’ ओलीले भन्नुभयो ।  सभासद् बुर्लाकोटीले अधिकारी मारिएको घटनास्थलमा एक थोपा पनि रगत नदेखिएको भन्दै प्रहरीले सुनियोजित तरिकाले मारेर त्यो ठाउँमा लगेर फालिएको जस्तो देखिएको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु