वर्षाको समयमै लोडसेडिङ बढ्ने

असनेपाल न्युज सम्बाददाता/

साउन २३, काठमाडौं- नेपाल बिध्युत प्रधिकरणले शनिबारबाट लागु हुने गरि  लोडसेडिङ बढाउने भएको छ ।

प्राधिकरणका अनुशार शनिबारबाट सातामा ६० घन्टा लोडसेडिङ हुने छ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले प्रशारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुग्दा ५७ मेगावाट आपूर्ति अवरुद्ध भएको छ ।

कुसाहा कटैया प्रशारण लाइनको कण्डक्टर पनि परिर्वतन गर्नु पर्ने भएकाले लोडसेडिङ बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रधिकरणका अनुसार अब सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे ७ घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा विजुली आउँदैन ।

सम्बन्धित शिर्षकहरु