असनेपाल न्युज सम्बाददाता
असार ३२, काठमाडौँ- नागरिकको राजनीतिक अधिकारलाइ सुनिश्चित गर्न निर्वाचन गर्नै पर्ने बाध्यताका कारण संबिधान सभाको दोस्रो निर्वाचनमा धेरै कुरामा सम्झौता गर्नुपरेको निर्वाचनका प्रमुख निर्वाचन आयुक्त निलकन्ठ उप्रेतीले स्वीकारेका छन् । धुलिखेलमा आज निर्वाचन र मानव अधिकार बिषयक राष्ट्रिय कार्यशालालाइ उद्घाटन गर्दै उनले यो कुरा स्वीकार गरेका हुन् ।

कार्यक्रममा संबिधान सभाको दोस्रो निर्वाचनका क्रममा आफुले भोगेका अनुभव आदानप्रदान गर्दै उप्रेतीले वर्तमान नेपालमा राम्रो काम गर्न हिम्मत चाहिने र जोखिम मोल्ने तत्परता चाहिने बताए । उनले नेपालमा प्रजातान्त्रिक राजनीतिक संस्कार अझै परिपक्क हुने क्रममा रहेकोले निर्वाचनका बेला विभिन्न समस्या देखा पर्ने गरेको बताए । संबिधान सभाको दोश्रो निर्वाचनका क्रममा राजनीतिक दलले आफ्ना उम्मेदवारको आर्थिक विवरण नबुझाएको तथ्य पेश गर्नु भयो । बिषेस परिस्थितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले कतिपय कुरालाई नजर अन्दाज गर्नुपर्ने अवस्थामा आफु रहेको उनले खुलासा गरे । समानुपातिक ऊम्मेद्वार पठाउदा राजनीतिक दलले आफन्तहरु पठाउदा आफुले केहि गर्न नसकेको भन्दै राजनीतिक दललाई पारदर्शी हुन् लबी पैरवी गर्न उनले नागरिक समाजलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका पुर्व प्रमुख आयुक्त सुर्य प्रसाद श्रेष्ठले चुनाव सबै समस्याको अचुक औसधि नभएकोले लेक्तान्त्रका अरु अबयवलाई पनि सबलीकरण गर्दै लैजानु पर्ने जिकिर गरे । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले चुनाबको प्रक्रिया मात्र नभई कस्ता उम्मेदवार चुनावी मैदानमा छन् भनेर पनि अनुगमन गर्नु पर्ने बताउनु भयो ।
मानव अधिकार र बिकासका लागि यसियाली मंच र इन्सेकको संयुक्त आयोजनामा हुन लागेको कार्यशाला २ दिन सम्म चल्ने छ ।








