असार २८ खोटाङ,विद्युत् ट्रान्सर्फमर पड्किएर सर्ट भएको विद्युतमा खोटाङमा दुई जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
बुइपा-१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ बर्षीया पदमसरी राईको ज्यान गएको हो ।
घटनामा १६ बर्षीय निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन ।
ट्रान्सर्फमर पड्कनासाथ सर्ट भएको विद्युतमा परी घाइते बनेका उनीहरुको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लाने क्रममा बाटैमा ज्यान गएको स्थानीय मीना राईले जानकारी दिनु भयो ।
उहाले गम्भीर घाइते निजाको केएमसी अस्पतालमा काठमाण्डौमा उपचार भइरहेको बताउनु भयो ।
अर्का घाइते कृष्णलाई जिल्ला अस्पताल ल्याइएको छ । शनिबार बिहान ९:३० बजेतिर घर छेउमा रहेको विद्युत् ट्रान्सर्फमर पड्कदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रान्सर्फमर पड्कनासाथ घरघरमा जडान गरिएको विद्युत् लाइनमा आगो उठ्न थालेपछि राइसकुकर झिक्ने क्रममा पदमसरी घाइते भएको पारिवारिक स्रोतले जनाएको छ ।
चार्जमा रहेको मोबाइल झिक्नेक्रममा निजा र लाइट झिक्नेक्रममा कालीमाया घाइते बनेको स्थानीयको भनाइ छ ।








