सर्लाहीमा चट्याङ लागि एकजनाको मृत्यु

असनेपाल न्युज सम्बाददाता/

असार २८, काठमाडौँ – चट्याङ लागेर आज सर्लाहीमा एक बृद्दको मृत्यु भएको छ । सर्लाही जिल्ला हरिवन नगरपालिकाम बस्ने एक वृद्धको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो ।

हरिवन नगरपालिका–१० स्थित आफ्नै खेतमा खेतमा काम गरिरहेको बेला चड्केको चट्याङमा परि स्थानीय ५५ वर्षीय अमरबहादुर गोलेको मृत्यु भएको हो ।  बिहान ८:३० बजे चट्याङ लागेपछि घटनास्थलमै गोलेको मृत्यु भएको थियो । गोलेको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताए ।

सम्बन्धित शिर्षकहरु