नेदरल्यान्डलाई स्तब्ध बनाउदै अर्जेन्टिना फाइनलमा

एजेन्सी

असार २६, काठमाडौँ-  दुई पटको विश्‍वविजेता अर्जेन्टिना जारी विश्‍वकपको फाइनलमा पुगेको छ । उपाधिको दाबेदार मानिएको नेदरल्याण्ड्‌सलाई टाई ब्रेकरमा ४-२ गोल अन्‍तरले हराएपछि अर्जेन्टिनाले आफ्नो विश्‍वकपको फाइनल यात्रा पक्‍का गरेको हो। आज विहान सम्पन्न सेमीफाइनल खेल तोकिएको ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा समेत दुवै पक्ष गोलरहित बराबरीमा खेलेपछि खेल पेनाल्‍टी सुटआउटमा पुगेको थियो।

नेदरल्याण्डका स्नाईडरको पेनाल्टी प्रहार रोकेपछि खुशी मनाउदै अर्जेन्टिनी गोल कीपर रोमेरो
नेदरल्याण्डका स्नाईडरको पेनाल्टी प्रहार रोकेपछि खुशी मनाउदै अर्जेन्टिनी गोल कीपर रोमेरो

पेनाल्‍टी सुटआउटमा नेदरल्याण्डका भ्लार र स्नाइडरको प्रहार अर्जेन्टिनी गोलकिपर रोमेरोले रोकिदिए पछी  अर्जेन्‍टिनाले ४- २ को जित निकाल्न सफल भएको हो । यता, अर्जेन्‍टिनाको तर्फबाट कप्तान लिओनल मेस्सीका साथै अजिकियो ग्राइ, सर्जिओ एग्युरो र म्याक्सी परेराले पेनाल्टी  आफ्नो पेनाल्टी प्रहार खेर जान दिएनन् ।

यो जितसँगै अर्जेन्‍टिना २४ वर्षपछि विश्‍वकपको फाइनल प्रवेश गरेको छ। यसअघि सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै फाइनल खेलमा पराजित गरेर अर्जेन्टिना पहिलोपटक विश्‍वविजेताको उपाधी जितेको थियो भने त्यसपछि १९८६ मा मेक्सिकोमा भएको विश्‍वकपमा वेष्ट जर्मनीलाई ३-२ गोलले हराउदै दोस्रोपल्ट विश्‍वविजेता बनेको थियो।

अब फाइनल खेलमा लियोनल मेस्सीको नेतृत्‍वमा विश्‍वकप उपाधिको लागि अर्जेन्टिना युरोपेली राष्ट्र जर्मनीसँग भीड्नेछ। यसअघि अर्जेन्टिनाले सन् १९९० मा भएको विश्‍वकपको फाइनलमा जर्मनीसँग १-० गोलले हार व्‍यहोर्नु परेको थियो। जर्मनी पनि घरेलु टोली ब्राजिललाई ७-१ अन्‍तरको फराकिलो जित संगै विश्‍वकपको फाइनलमा पुगिसकेको छ।

सम्बन्धित शिर्षकहरु