विवादास्पद छविका नेता अमित शाह बिजेपी अध्यक्ष

असार २५, काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिका नजिकका सहयोगी अमित शाह सत्ताधारी दल भारतीय जनता पार्टी (बिजेपी)को अध्यक्ष पदमा नियुक्त भएका छन् । हाल केन्द्रीय गृहमन्त्री रहेका राजनाथ सिहको ठाउमा उनलाई अध्यक्ष नियुक्त गरिएको हो ।बुधबार बसेको बिजेपी उच्चतहका नेता सम्मिलित संसदीय बोर्डले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । शाह त्यस अगाडी पार्टीको महासचिब पदमा कार्यरत थिए ।

नवनियुक्त बिजेपी अध्यक्ष अमित शाह
नवनियुक्त बिजेपी अध्यक्ष अमित शाह

हालै सम्पन्न निर्वाचनमा उत्तर प्रदेशमा बिजेपीलाइ जिताउन उनको मुख्य भूमिका रहेको भन्दै उनको चर्चा हुने गरेको थियो ।  २००५ मा शाह गुजरातको गृहमन्त्री हुदा भड्केको हिन्दु मुश्लिम दंगामा मुस्लिम समुदायलाई मार्न हिन्दुहरुलाई उक्साएको आरोप उनीमाथि लाग्ने गरेको छ । सोह्रबुद्दीन सिखलाइ अपहरण गरि हत्या गरेको आरोप लागेपछि शाहले २०१० मा राजिनामा गरेका थिए । हत्यामा उनको संलग्नता रहेको भन्दै उनलाई पक्राउ पनि गरिएको थियो । उनले आरोपहरुको खण्डन गर्दै आएपनि ३ महिना जेल बसेपछि धरौटीमा रिहा भएका थिए । त्यसका साथै हालै सम्पन्न चुनाबका बेला भारतको निर्वाचन आयोगले मुस्लिम समुदाय बिरुद्द घृणा फैल्याएको भन्दै चुनाबी सभामा बोल्न उनलाई प्रतिबन्ध लगाएको थियो ।

४९ बर्षीय शाह पार्टीको हालसम्मका अध्यक्ष मध्ये सबै भन्दा कान्छा अध्यक्ष हुन् । नजिकका सहयोगी पार्टी अध्यक्ष हुदा मोदीलाई पार्टी र सरकार दुवैमा पकड जमाउन सजिलो हुने बिश्लेशक हरुले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु