असार २३ । काठमाडौ,पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेपालमा शान्ति स्थापना हुने र नँया संविधान निर्माण हुने आशा व्यक्त गर्नु भएको छ ।
आफ्नो ६८ औ जन्नजयन्तीका अवसरमा निर्मल निवासमा कार्यक्रममा बोल्दै उहांले प्रमुख राजनीतिक दलहरु शान्ति र संविधान निर्माणमा केन्द्रीत भएकाले अब नेपाल पहिलेको जस्तो अशान्तिको अवस्थामा नरहने बताउनु भएको हो ।
पुर्व राजा ज्ञानेन्द्रले नेपालको शान्ति, विकास र संविधान निर्माण गर्ने जिम्मा प्रमुख राजनीतिक दलहरुको हातमा रहेको बताउनु भयो ।
पूर्व राजा शाहले आफु जनताको चाहनाभन्दा बाहिर कहिलै पनि जान नसक्ने दाबी गर्नु भयो ।
शान्ति समृद्धि र स्थीर राजनीतिले मात्रै देश अगाडि बढ्ने भएकाले अब आफु यस विषयमा आशाजनक रहेको पनि उहांले बताउनु भयो ।
उहांले देश सन्चालन गर्ने भनेका राजनीतिक दलहरुनै भएको उल्लेख गर्दै देशलाई कुन मार्गमा लाने र विकासको गतिलाई कसरी अगाडी बढाउने भन्ने जिम्मा पनि दलहरुकै काधमा रहेको बताउनु भयो ।








