झगडा छुट्याउन गएकी महिलाको गोली लागेर मृत्‍यु

असार १८ ।उदयपुर,उदयपुरको बेल्टार नगरपालिका वडा नम्बर ५ मा गएराति झगडा छुट्याउन गएकी एक महिलाको गोली लागेर मृत्‍यु भएको छ ।
स्थानीय युवाहरुबीचको झगडा छुट्याउन गएकी स्थानीय ४५ वर्षीया लक्ष्मी थापाको गोली लागी मृत्यु भएको हो ।

मादक पदार्थ सवेन गरी एउटा मोटरसाइकलमा आएका तीन जना युवाहरुले रेखबहादुर कटुवाल र रमेश थापालाई कुटपिट गर्न सुरु गरेपछि लक्ष्मी झगडा छुट्याउन गएकी थिइन् ।

फलामकै घनले टाउकोमा लागेका रेखबहादुर कटुवालको पनि गम्भीर अवस्थामा भारतको सिलगुडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न रत्नबहादुर मगर, बुद्धिमान दाहाल र गणेश श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित शिर्षकहरु