मङ्गबारको पराकम्पनबाट मृत्‍यु हुनेको संख्या ९६ पुग्यो

वैशाख ३१ ।काठमाडौँ,वैशाख २९ गते दिउँसो आएको भूकम्पको शक्त्तिशाली धक्काबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११, सिन्धुलीमा तीन, सर्लाहीमा तीन, महोत्तरीमा तीन, रौतहटमा दुई, गोरखामा दुई र धादिङ, नुवाकोट, सर्लाही, धनुषा र तेह्रथुममा एक\एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु