सिन्धुपाल्चोक ।
भुकम्पका कारण अन्य जिल्ला
झै सिन्धुपाल्चोकका अधिकांश वस्ति क्षत विक्षत भएको छ । सबैको ध्यान राजधानी र सुगममा केन्द्रित भइरहेको बखत जिल्लामा अझै पर्याप्त उद्दारटोलि पुग्न नसकेको वांसवारी गाविस का प्रत्यक्ष्यदर्शि बासु देव सापकोटा असनेपालअन्युज लाई बताउनुहुइन्छ। जिल्लाको इचोक , सिन्धु , भोटेचौर , मेलम्ची लगायत समग्र गाविस का घर ध्वस्त भएका छन्। गोठमा मा पशु चौपाया पुरिएका कारण गाउंभरी दुर्गन्ध फैलिएका छन्। यसले हैजा फैलने डर भएको र मानिसहरू खेत -वारीमा त्रस्त भाएर बसेका छन्। मानिस सुरक्षाको लागि खुल्ला ठाउँमा आश्रय लिइरहेका छन् । हाल सम्म मर्ने कि सँख्या यकिन नभए पनि मृत्युहुने हरू को २ सय नाघेको अनुमान गरिएको छ । पशु चौपायाको दुर्गान्धले हैजा फैलन नदिन समयमा स्वाथ्य कर्मी त्यस तर्फ पठाउन पीडित हरूले आग्रह गरिरहेको सपकोटा बताउनुहुन्छ ।








