महिला पत्रकार बच्चा च्यापेरै रिपोर्टिङमा उत्रिएपछि….

reporter_lamia_hamdin_childचैत ३० ।इजिप्ट,इजिप्टकी एक महिला पत्रकार लामिया हामदीन आफ्नो छोरासहित काममा गइन् । त्यति मात्र होइन जब उनी कायरोको सडकमा सर्वसाधारणसँग इन्टरभ्यु लिइरहेकी थिइन् त्यतिबेला पनि उनले छोरा साथमै लिएर गएकी थिइन् ।

जब उनको यसप्रकारको तस्वीर इन्टरनेट सञ्जालमा आयो तब केहीले उनको आलोचना गरे भने केही उनको समर्थनमा पनि उत्रिए ।
केहीले भने कि यो काम गर्ने तरिका भएन । केहीले त उनलाई जागिरबाट समेत निकाल्न माग गरे।
यद्यपि लामियाले आफ्नो पक्ष लिँदै अल–वतन समाचार साइटसँग कुरा गर्दै भनिन्–एक कामकाजी आमा हुनुका कारण मैले त्यही गरेँ जुन गर्नु आवश्यक थियो । त्यसैले मेरो आलोचना हुनु आवश्यक छैन् ।
उनले भनिन्–मेरो छोरा विरामी थियो र मलाई केही बढी काम गर्नुपर्ने अवस्था आयो । यस्तो अवस्थामा मैले नर्सरीमा गएर छोरा लिएर आएँ । म छोरालाई त्यसै कहिँ कसरी छोड्न सक्थेँ ?
सर्वसाधारणले लामियाको तुलना इटालीकी नेता लिसिया रानज्यूलीसँग गरे । लिसिया सन् २०१० मा आफ्नो छोरीलाई काममा लिएर आउने गर्दथिइन् ।
एक समर्थकले भनेकी लामिया एउटी ‘आदर्श आमा’ हुन् ।
यस्तै अन्य एक व्यक्तिले भने–लामिया आफ्नो काम गर्नुका साथसाथै आमाको भूमिका पनि निर्वाह गरिरहेकी थिइन् । जसले उनको मजाक उडाइरहेको छ, उनीहरुमध्ये लामिया धेरै मजबुत छिन् । एजेन्सी

सम्बन्धित शिर्षकहरु