विश्वकप क्रिकेटमा बंगलादेशमाथि न्युजिल्यान्डको जित

फागुन २९ ।काठमाडौ,विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३ विकेटले पराजित गरेको छ ।ह्यामिल्टनमा भएको खेलमा बंगलादेशले दिएको २८९ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ७ बल छँदै भेट्टाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बगलादेशले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । बंगलादेशले दिएको चुनौती पछ्छ्याएको न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले सर्वाधिक १०५ रन बनाए ।
यो जितसँगै न्युजिल्यान्डले जारी विश्वकपका समुह चरणका सबै खेलमा सतप्रतिशत नतिजा निकालेको छ ।
यस्तै बर्षाका कारण ३६ दशमलब २ ओभरमा छोट्याइएको अफगानिस्तान र इंग्ल्यान्डको खेलमा अफ्गानिस्तले इंगल्यान्डलाई १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी खेलमा इंग्ल्यान्डले जवाफी  ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु