एमालेले आज पाँच जना वैकल्पिक केन्द्रीय सदस्य मनोनित गर्ने

फागुन १४ । काठमाडौं, नेकपा एमालेले आज पाँच जना वैकल्पिक सदस्य मनोनित गर्ने तयारी गरेको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको स्थायी समितिको बैठकले बुधबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणी खडका, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे छन् । १० मध्ये पाँच पार्टी अध्यक्ष केपी शर्मा ओली, तीन माधव नेपाल र एक\एक झलनाथ खनाल र बामदेव गौतम समुहको सिफारिसमा मनोनित भएका हुन् ।

श्रेष्ठ, न्यौपाने, बस्नेत, देवराज घिमिरे र प्याकुरेल ओली पक्षका हुन् । पूर्व राजदूत हमालको नाममा खनाल र कृषिमन्त्री समेत रहेका पराजुलीको नाममा गौतमले अडान लिएका थिए । बाँकी तीन जना नेपाल समूहसँग नजिक छन् । प्रमुख नेताहरुबीचको भागबन्डा नमिल्दा झण्डै दुई सातादेखि स्थायी समितिको बैठकमा थाती रहेको मनोनयनको विषयलाई बुधबारको बैठकले आंशिक टुंगो लगाएको हो । यस्तै बिहीबार बस्ने स्थायी समिति बैकठले मनोयनन गर्नुपर्ने थप पाँच वैकिल्पक केन्द्रीय सदस्य र नेताहरुको कार्यविभाजनको टुंगो लगाउने एमालेले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु