एपीएफ स्कुल कप फुटबलमा एलआरआई विजयी

काठमाडौं, नेपाल एपीएफ स्कुलको आयोजनामा संचालित ‘दोस्रो नेपाल एपीएफ स्कुल कप प्राथमिक तह आमन्त्रण फुटबल प्रतियोगिता–२०७१’ सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले फागुन ६ गते समापन गर्नुका साथै प्रतियोगिताको विजयी टिमलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको खेलमैदानमा संचालित सो प्रतियोगिताको बुधवार सम्पन्न फाइनल खेलमा एलआरआई स्कुलले जनसेवा उच्च माध्यमिक विद्यालयलाई पराजित गरी प्रथम स्थान हासिल गरेको छ ।
सो प्रतियोगितामा फेयर प्लेको उपाधि ल्याबोरोटरी उच्च माध्यमिक विद्यालयले हात पारेको छ । उक्त प्रतियोगितामा एलआरआई स्कुलका आयुष खड्का सर्वाधिक गोलकर्ता तथा हिल टाउन स्कुलका सलिन मानन्धर उत्कृष्ट खेलाडी, एलआरआईकै सुलभ कुँवर उत्कृष्ट गोलरक्षक र जनसेवाका दिपक बोहरा उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।
नेपाल एपीएफ स्कुलद्वारा आयोजित सो प्रतियोगितामा काठमाडौं र ललितपुर जिल्लाका विभिन्न विद्यालय गरी कूल १८ टिमको सहभागिता रहेको थियो ।
लिग कम नकआउटको आधारमा संचालित उक्त प्रतियोगिता यही माघ २३ गतेबाट संचालन भएको थियो ।

सम्बन्धित शिर्षकहरु