काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले यो बर्षा सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिएका छन ।
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकमा सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय गरिएको जानकारी दिए ।
त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको हो ।
यस वर्ष काेराेना महामारीकाे कारण सरकारले सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलिने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।








