प्रकाण्डका छोरा गोलीसहित विराटनगरबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन्। कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ।

नरेन्द्र बेलुकाको यति एयरलाइन्सको उडानबाट विराटनगर हुदैं काठमाडौं जाने क्रममा विराटनगर विमानस्थलमा पक्राउ परेका हुन्।मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए।

सम्बन्धित शिर्षकहरु