सोमपाल र सन्दीप चम्किएपछि युएई धराशायी, नेपालको फरकिलो जित हात

काठमाडौं । सोमपाल र सन्दीप चम्किएपछि दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फरकिलो जित हात पारेको छ।नेपालले दिएको २४३ रनको लक्ष्य पच्छाएको घरेलुटोली युएई १९.३ ओभरमा ९७ रनमै समेटिएको हो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछाने चम्किएपछि युएई क्रिजमा टिक्न सकेन । सोमपालले ५ विकेट झारे भने सन्दीपले ४ विकेट लिए । ६.३ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३३ रन खर्चिएर ५ विकेट लिए । यस्तै ४ ओभर फालेका सन्दीपले पनि १ मेडन राख्दै २४ रन खर्चिए भने ४ विकेट झारेका थिए ।

यसअघि दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४, विनोद भण्डारी २१, दीपेन्द्रसिंह ऐरी १०, पवन शरार्फ ८, पारस खड्का २१, शेख २९, रोहितले अर्धशतक पूरा गर्दै ५५ रनको योगदान दिए। राहित अर्धशतक बनाउँदै अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने।

तयस्तै नेपालका लागि करण केसीले १८, सोमपाल कामीले २, सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनको योगदान गरेका थिए। एकदिवसीय अन्तराष्ट्रियमा नेपालको यो सर्वाधिक ठुलो योगफल हो । नेपाली रोहित कुमार पौडेलले किर्तिमानी अर्धशतक हाने । नेपाल र युएईबीच अन्तिम म्याच सोमबार हुनेछ।

सम्बन्धित शिर्षकहरु