संसदमा पेलिएपछि कांग्रेस आक्रोसित, सडक र सदनबाट संघर्ष गर्ने चेतावनी

काठमाडौं । विरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि नेपाली कांग्रेस आक्रोसित बनेको छ । संसद भवनबाट बाहिर निस्किदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिकायकबादतर्फ अघि बढेको बताए । उनले सरकार र सभामुख कृष्णबहादुर महराको चर्काे आलोचना गरेका छन् । सभामुखले आफ्नो पदिय गरिमा कायम राख्न नसकेको उनले बताए ।

कांग्रेसलाई पेलेर चिकित्सा शिक्षा बिधेयक पारित भएपछि देउवाले सदन र सडकबाट संघर्ष गर्ने बताए । संसदबाट बाहिर निस्किदै गर्दा उनले पत्रकारहरुसँग सभामुख महरा पार्टीको कार्यकर्ता जस्तो भएको आरोप लगाए । नेपाली कांग्रेसका नेता गगन थापाले संसदमै सभामुख महरालाई चुनौति दिएका छन् । उनको भूमिका सभामुख जस्तो नभएका टिप्पनी गरे ।

सम्बन्धित शिर्षकहरु