मंसिर १६ ।सिन्धुपाल्चोक,रक्सी ठानी ल्याएको स्प्रिट गाउँको बिहेभोजमा खुवाउँदा तातापानी–३,थामीगाउँमा सोमबार तीन महिलाको मृत्यु भएको खुलास भएको छ ।
छिमेकी गाउँको विहेमा भाँडा माझ्न गएका महिलाले रक्सी ठानेर स्प्रिट ल्याएर खान दिँदा यस्तो घटना भएको हो । घटनामा ५० भन्दा बढी विरामी छन् ,एकको अवस्था सिकिस्त छ । स्प्रिट पिउने अधिकांश बालबालिका,महिला र वृद्दवृद्दा र महिला छन् ।
बाह्रबिसे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मन्जिल मुकारुङका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया धनमाया थामी ,४६ वषीया सोममाया थामी र ६२ वषीया चर्कुली थामी छन् ।
उनीहरु सबैले आइतबार दिउँसो स्प्रिट (टेबुल,दराजलगायत सफा गर्ने पदार्थ ) सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर मुकारुङले बताए । दिउँसो गाउँमै एकको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।








