मंसिर १५ ।हेटौंडा,काठमाण्डौ-सिस्नेरी–हेटौंडा सडक खण्डको सिस्नेरी ४ थिङ डाँडामा आज टाटा सुमो पल्टिदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
रौतहटबाट काठमाण्डौ जाँदै गरेको ना १ ज २७३३ नम्बरको टाटा सुमो पल्टँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सुमो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । मृतकको परिचय भने खुल्न सकेको छैन ।
दिउँसो करिब सवा ३ बजे भएको दुर्घटनामा घाईते हुनेहरुको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी दीपक थापाले जानकारी दिनुभयो । घाईते भएका ६ जनाको काठमाण्डौमा उपचार भैरहेको छ ।
भिमेफेदी प्रहरी चौकीमा १० जनाको नाम दर्ता भए पनि घटनास्थलमा एक जना फेला नपरेको प्रहरीको भनाई छ । थप एक जनाको खोजी जारी रहेको प्रहरीको भनाई छ ।








