सोमबार राजधानीको यी ठाँउमा विजुली आउँदैन, विकल्प खोज्नुहोस्

काठमाडौं ।   बालाजु र धर्मस्थली क्षेत्रमा सोमबार बिजुली नआउने भएको छ । उक्त क्षेत्रमा सडक विस्तारका कारण बिजुली नआउने भएको हो । सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्म बिजुली बन्द हुने नेपाल प्राधिकरले जानकारी दिएको छ ।

प्राधिकरणको अनुसार बालाजु औद्योगिक क्षेत्रमा पनि दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बिजुली बन्द हुने भएको छ । विजुली नआउने भएपछि सर्वसाधरणले यसको विकल्प खोज्नु पर्ने भएको छ ।

सम्बन्धित शिर्षकहरु